Sunday, November 8, 2009

“रोमको एउटा फूल र प्यारिसको एउटा काँडा”




“लिजाको ओठबबाट निस्केका अनर्गल शब्दहरु नाइगारा फल्सको झरनाजस्तो लाग्छ । उसलाई कति बोल्नुपर्छ” यो वाक्यले मेरो मन च्वास्स छोएको थियो “रोमको एउटा फूल र प्यारिसको एउटा काँडा” पढ्दा । लैनसिँह बाङ्देलको मनभित्र लिजाकालागी उतपन्न यी शब्दहरु उनको नियात्रा सँस्मरणका पानासम्महुँदै पाठकका मनभित्र गएर विलिन भए तर लिजाको कानमा कहिल्यै पुगेन । “लिजालाई हेर्छु । लीजाको अनुहारमा आधुनिक रोम देख्छु ” यस सँस्मरणमा उल्लेखित वाङ्देलका यी वाक्यवाट थाँहा हुन्छ रोमकी लिजा परम्परावादी र पुराना विचार-धारालाई नभएर आधुनीक रोमको रहन शहनमा माएकी नारीको प्रतिनिधित्व गर्छे । वाङ्देलको रोमदेखि लन्डनसम्मको यात्रामा दुई सुन्दर र प्रतिभाशालीनारी मोनिक र लिजाका बारेमा दिएका व्यक्तिगत तथा मनोविश्लेषणात्मक विचारहरु सम्झन लायकका छन् । सामान्य घटनाको आडमा पनि आफ्ना नजिका पात्रहरुको बारेम त्यती शुक्ष्म स्तरमा व्यक्त गर्ने बाङ्देलको विशेष कलाको प्रशँसा त गर्नैपर्छ । बाङ्देलले व्याख्या गरेजस्तै रोमका ठूलाठूला इमारतहरु र एतिहासिक दरबार र मुर्तिहरु कसलाई आफ्नै आँखाले दर्शन गर्न मन नलाग्ला र ? अनी फरी साङ्केतिक रुपमा लिजालाई रोमको फूल र मोनिकलाई प्यारिसको एउटा काँडा भन्नु पछाडीका कारणहरु उनको यस नियात्रा सँस्मरणमा सजिलैसँग पहिल्याउन सकिन्छ ।


रोम र प्यारीसको यो यात्रा वाङ्देलको पहिलो चाहिँ पक्कै होइन, त्यसैले होला उनी अतित सम्झदै लेख्छन् “ एउटा मामुली कोठा हुन्थ्यो, प्यारिसनजिकैको देहातको एउटा सस्तो कोठा भाँडामा थियो, त्यही कोठामा पकाउनु, खानु, बस्नु, अध्ययन गर्नु र चित्र लेख्नु सबै कुरा हुन्थ्यो, तर मानिसको मनै कस्तो अनौठो किसिमको हुँदो रहेछ । आज अतीततिर फर्केर हेर्दा उही सँघर्ष र दु:खको दिन प्यारो र मीठो लाग्दछ ।” विदेशमा रहँदा पनि वाङ्देल आफ्ना गाँउशहर र नेपाली दाजुभाईलाई उल्लेख गर्न नविर्सिएको देखिन्छ । अन्त्यमा रोमको एउटा फूल र प्यारिसको एउटा काँडा दिएर वाङ्देल लन्डन हुँदै दुई सातापछि अमेरिका पुगेपनि सबै पाठकलले सजिलै सँग अन्दाजी लगाउन सक्छन की वाङ्देलका आँखामा लिजा र मोनिकका तस्विरहरु सधैँ नाचिरहने छन् ।
-शेखर केसी

0 comments: